मंसिर १०, बाग्लुङ । ढोरपाटन नगरपालिकामा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध.ज. ५४२ नं को ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव बुधबार बिहान परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो ।
ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक मङ्गल गुरुङले बताए । जीपका चालक बडिगाड गाउँपालिकाका २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।