• २०८३ मङ्सिर ३ गते बुधवार

भारतबाट ल्याएको प्रतिबन्धित औषधीसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, विराटनगर । नेपालमा प्रतिबन्धित रहेको औषधी अवैधरुपमा भारतको जोगवनीबाट ल्याउने एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका १३ सैनिक टोलका ३६ बर्षीय नरेश यादवलाई प्रहरीले प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । उनको घरको पछाडि कम्पाउण्डभित्र राखेको अवस्थामा प्रहरीले ठुलो परिणाममा प्रतिबन्धित औषधी फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार यादवको घरबाट अफ्रिडोल इन्जेक्सन, एम।प्रिसोजल इन्जेक्सन, सिटिकोलिन इन्जेक्सन, रेमडिसिभर, डक्सिसाइक्लिनलगायत विभिन्न १४ प्रकारका औषधीहरु वरामद गरेको जनाएको छ ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर बुझाइएको मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मानबहादुर राईले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस