मंसिर १०, काठमाडौँ। आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर ९१ हजार ५ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।