• २०८३ बैशाख १७ गते बिहिवार

पर्सामा शिक्षक पेस्तोलसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।

पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस