• २०८३ जेष्ठ २५ गते सोमवार

पार्टीलाई सही लिकमा लैजाने प्रयास भइरहेको छ : महासचिब पौडेल

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १०, बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिब विष्णु पौडेलले आफ्नो पार्टी कल्पनाभन्दा पृथक परिस्थितीमा पुगेको बताउदै फेरि सही लिकमा लैजाने प्रयास भइरहेको बताउनु भएको छ । उहाँले नेतृत्व तहमा मर्यादाको सीमा नाघिएको चर्चा गर्दै छलफल र बहसलाई मर्यादामा फर्काउदै पार्टी एकताको रक्षा गर्न जरुरी भएको बताउनुभयो । त्यसका लागि सबैको सहयोग जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

मंगलबार सांझ बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री तथा पार्टी महासचिब पौडेलले भन्नुभयो ‘लिक बाहिर जान थालेको एकतालाई फेरि लिकमा लैजाने प्रयास जारी छ । ’ आम नेता कार्यकर्ताहरुले बृहत्तर सोंचकासाथ एक भएको पार्टी बिभाजन भएको देख्न नचाहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘आम नेता कार्यकर्ता पाटी विभाजनको विपक्ष र एकताको पक्षमा छन् । एकतालाई जोगाउदै अझ मजबुद बनाउने प्रयास जारी छ ।’

सत्ता गठबन्धनको कुरा भएको छैन
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटबारे बिभिन्न टिकाटिप्पणीहरु भइरहेका बेला उहाँले त्यस्तो भेट संबैधानिक र स्वभाविक भएको बताउनुभयो । कतिपयले टिप्पणी गरे जस्तो त्यस्तो भेटमा सत्ता गठबन्धनको कुरै नभएको उहाँले बताउनुभयो । भन्नुभयो ‘प्रधानमन्त्री ओली अहिले पनि संसदमा सुबिधानक बहुमतमा हुनुहुन्छ । बहुमतका प्रधानमन्त्रीले फरक सत्ता गठबन्धन गर्न आबश्यक छैन । त्यस्तो कुरा भएको पनि छैन् ।’ उहांले त्यस्तो भेट संवैधानीक नियुक्ती,कोभीड नियन्त्रण एवं रोकथामका जस्ता महत्वपूर्ण बिषयहरुमा केन्द्रित रहेको चर्चा गर्नुभयो । कार्यक्रम प्रेस संगठन रुपन्देहीले आयोजना गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस