• २०८३ जेष्ठ १७ गते आइतवार

कोरोनाका कारण तलेजु भवानी मन्दिर नखुल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ९, काठमाडौँ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाका कारण नखोलिने भएको छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।

वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो । तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस