असोज ०९, मुगु । मुगुमा ट्याक्टर दुर्घटना हुदा चालकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १४ बाम स्थित न्याउरी घाट खोलामा ट्याक्टर दुर्घटना हुदा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ९ तलिउमका विर्षे बहादुर गिरीको स्थानीय स्वास्थ्य चौकिमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिनु भएको छ ।

उहाका अनुसार ना ७ त ३६६६ नम्वरको ट्याक्टर सोही ठाउमा ढुंगा बोक्ने क्रममा दुर्घटना भई अन्दाजि १ सय मिटर तल खसेको जानकारी दिनु भएको छ । ट्याक्टर के कति कारणले दुर्घटना भएको हो खुल्न नसकेको डिएसपि भट्राईले भन्नु भयो जिल्ला प्रहरी कार्यालय मुगु बाट प्रहरी निरिक्षकको टोलि घटना स्थलमै पुगे पछि थप जानकारी आउने बताउनु भयो ।