असोज ९, काठमाडौँ। धरानमा थप २ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप २ जना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङ कानेपोखरीका ५५ वर्षीय पुरुष र प्रदेश २ सप्तरी राजविराजका ७० वर्षीय पुरुष रहेका छन् । यससँगै प्रतिष्ठानमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ३३ जना पुगेको छ । आईसीयूमा उपचार भइरहेको मोरङका पुरुषमा आन्द्राको क्यान्सर रहेको बताइएको छ । राजविराजका पुरुष भदौ २८ गते भर्ना भएकामा हिजोमात्रै कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।