असोज ९ , काठमाडौं । गायिका समिक्षा अधिकारी र प्रविण बेडवालको सुमधुर स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ ।

समिक्षा र प्रविणको स्वरमा नबोली नबोली बोलको गीतको म्युजिक भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शव्द र संगीत अर्जुन पोख्रेलको रहेको छ । गीतमा युवा पुस्ताको माया प्रेमको अवस्था चित्रित गरिएको छ ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र बसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

त्यस्तै भिडियो रेकर्डिङ नरेश बीबीसी, गीतार संजिव बराइली, पोष्टर फोटोग्राफी मिलन ढुङगाना र संजिव लामिछानको रहेको छ । भिडियोलाई बिधान कार्कीले निर्देशन र बिकाश दाहालले सम्पादन गरेका हुन् ।