असोज ९, काठमाडौं । कोरोना भाईरसको कारण व्याव्त संक्रमणको रोकथाम र व्यवस्थापनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाग्मती प्रदेश सभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य बसन्त मानन्धरको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्यविद डा. सरद वन्तले कोरोना भाईरसका बारेमा जानकारी दिदै कोरोना सम्बन्धी भ्रम र यथार्थका बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले कोरोनालाई नियन्त्रण गर्न नागरिक परिचालन विना सम्भब नभएको बताउनु भयो । स्वत नागरिक कोरोना नियन्त्रणमा नलागे निकै समस्या आउने बताउनु भयो । उहाँले ब्राजिलको उदाहरण दिदैँ राष्ट्र प्रमुखले कोरोना केहि होईन भनिरहदा पनि त्यहाका नागरिक स्वत परिचालन भएर कोरोना विरुद्ध लाग्दा मृत्युदर कम भएको बताउनु भयो । ईभोल, स्वाईन फ्लु, क्षयरोग जस्ता रोगले त्यहि रोगको उपचार गर्ने स्वास्थ्यकर्मीले मृत्युवरण गर्नु नपरे पनि यो कोरोनाले स्वास्थ्यकर्मीको समेत मृत्यु गरेको बताउदै कोरोना केहि हैन मेडिकल माफियाको चलखेलले विश्व स्वास्थ्य संगठनले चलाएको हल्ला हो, माक्स र सेनिटाईजर प्रयोगले स्वास्थ्यमा असर गर्छ भन्ने भ्रममा नलाग्न समेत अनुरोध गर्नुभयो ।

डा. वन्तले सरकारको एकल प्रयासले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भएकाले नागरिक सचेत भएर स्वास्थ्य मापदण्ड अनुसार नागरिक परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बाग्मती प्रदेश सभा सांसद तथा नेकपा केन्द्रिय सदस्य बसन्त मानन्धरले लापरबाहीको सिमा बढेमा मृत्युदर बढ्ने भएकाले सचेत हुन अनुरोध गर्दै नागरिक परिचालन गर्दै सरकारी प्रयासमा साथ दिन अनुरोध गर्नुभयो । उहाले सरकारले तोकेको १९ वटा कोभिड अस्पतालको जानकारी दिदैं केही समस्या भएमा आफुलाई जानकारी गराएमा आफुले सम्बन्धित विषयमा संयोजन गर्ने बताउनु भयो । साथै उहाले नेपाल सरकारद्वारा कोरोना सम्बन्धी जानकारी र सहजिकरण गर्नका लागि तोकिएको ११३३ मा फोन गरेर कोरोना सम्बन्धी जानकारी तथा सहयोग लिन सकिने बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्यविद डा. वन्त, नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सभा सांसद मानन्धर, राष्ट्रिय सभा सदस्य उदया शर्मा, राखेप उपाध्यक्ष शिवप्रसाद कोईराला लगायत नेकपाका जिम्मेवार नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।