असोज ९, कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बाट प्रहरीले बिहीबार राती १९ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कैलालीको गोदावरीका सात जनासहित १९ जनालाई पक्राउ गरेको हो। शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ मा रहेको डबल बहादुर ऐरको खाजा घरभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए।

उनीहरुलाई दुई लाख ४४ हजार एक सय ८० रुपैया नगदसहित पक्राउ गरिएको थापाले जानकारी दिए। उनका अनुसार एकेन्द्र सुनार, गगन बहादुर ऐर, बालकृष्ण राना, जयबहादुर ऐर, सुवर्ण विष्ट, हरिश जोशी, विक्रम भण्डारी, मिन ठकुल्ला, विनोद विष्ट, ज्ञानु ऐर र मिन बहादुर गुरुङलाई पक्राउ गरिएको छ। यस्तै प्रकाश वोहरा, घनश्याम खत्री, गोविन्द पाण्डेय, नरेश रोकाया, सुरज वुढा, भुपेन्द्र पाण्डे, विक्रम सिंह र विष्णु भट्टलाई पनि पक्राउ गरिएको छ।