भदौ ९, ललितपुर । ललितपुरको वागमती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकाले १० देखि १५ बेडको आइसोलेशन निर्माण गर्ने भएका छन् । गाउँपालिका आफैंले आर्थिक व्ययभार व्यहोर्ने गरी आइसोलेशन कक्ष निर्माण गर्ने भएका हुन् । महाँकालका गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, वाग्मतीका वीरबहादुर लोप्चन र कोन्ज्योसोमका गोपी सिंतानको सहितको संयुक्त अध्यक्ष फोरमको मंगलवार बसेको बैठकले उक्त आइसोलेशन बेड निर्माण गर्ने निर्णय भएको हो ।

गाउँपालिका भित्र कोरोना भाइरसका सङ्क्रमितको संख्या बढ्दै गएपछि कोरोनाका लक्षण बिहिन सङ्क्रमितलाई राख्नका लागि आइसोलेशन निर्माण गर्न लागेको वागमति गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।लक्षणदेखिएका अस्पताल लैजानुपर्ने बिरामीलाई भने अस्पतालमा पु¥याउने योजना तीनैवटै गाउँपालिकाको छ । त्यस्तै कोरोना भाइरसका सङ्क्रमितको शव व्यवस्थापन गर्न आवश्यक शब बहान र दाससंस्कारका लागि उपकरण र सामाग्री गाउँपालिकाले नै जगेडा राख्ने, अन्य स्थानमा जस्तै कोरोनाका सङ्क्रमित व्यक्तिलाई मानवीय सद्भाव खलबलिने गरी दुरव्यहावर भएकाले त्यस्तो अवस्था आउन नदिन सबै वडालाई बैठकले आग्रह गरेको छ ।
महाँकाल गाउँपालिका अध्यक्ष दाहाल, वागमतिका अध्यक्ष लोप्चन र कोन्ज्योसोमका अध्यक्ष सिंतानले कोरोना भाइरसबाट बच्च सामाजिक दुरी कायम गर्ने र नियमित साबुन पानीले हात धुन समेत आग्रह गर्नुभयो ।उक्त अध्यक्ष फोरमको बैठकमा वागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, भैरब गणका प्रमुख सेनानी गणेश रावल, महानगरिय प्रहरी वृत्त चापाँगाउँका प्रहरी नायव उपरिक्षक कृष्ण ओझा, भैरब गणका गौरव अधिकारीको सहभागिता रहेको थियो ।