• २०८३ जेष्ठ ९ गते शनिवार

नागपंचमीको शुभकामना

खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

हुन त यो समाज आधुनिकताको ढोल पिटी कहांबाट कहाँ पुगिसक्यो तैपनि हामी नेपालीको परम्परानुसार हामीले प्राय धर्मसंग जोडेर पशुलगायत केही जिवजन्तुहरु, रुख बिरुवाहरु आदिलाई भगवानको प्रतिकको रुपमा पूजा गर्ने चलन छ ।

त्यस्तै आज नागपंचमीको दिन हिन्दु धर्मनुसार सर्पहरुको पनि राजा मानिने नागलाई पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृती र परम्परा अनुसार नागको सम्बन्ध जमिन र पानीसंग छ । यदि नाग रिसाए भने पृथ्विमा पानीको अभाव भई पानीबीना जिवजन्तुको औचित्य समाप्त हुन्छ भन्ने धार्मिक भनाइलाई मध्यनजर राख्दै नाग देवतालाई खुशी पार्नको लागि समय समयमा नागको पूजा गर्ने चलन छ ।

वास्तवममा हिन्दुहरुले नागलाई वैदिक देवता शिव र विष्णुकारुपमा परम्परादेखि पुज्ने चलन छ । हाम्रा धर्मग्रन्थमा देखिए र लेखिएनुसार भगवान शिबले नागको माला लगाउछन भने विष्णु जलमाथि शेषनागको शैयामा सुतेको अबस्थामा हुन्छन । नागका विभिन्न नामहरु छन । जस्तैः अनन्त, बासुकी, पद्म, शेष, कुलिर, कर्कोटक, अश्वतर, गोमन, शंख, पिङल, तक्षक आदि ।

प्रकृतिमा रहेका जतिपनी जिवजन्तुहरु छन तिनको पूजा गरी सम्मान गर्नु भनेको उनीहरुको अस्तित्वलाई मानवजातीले स्वीकार्नु हो र सम्मान पनि दिनु हो । तसर्थ प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी मानिस भएकोले जीवन जिउदै गर्दा अन्य जीव जन्तुसंगको सम्बन्धलाई पनि प्रगाढ बनाउदै पृथ्विमा भएका हरेक प्राणिको अस्तित्वलाई कायम राख्नको लागि पनि मानवको भूमिका अपरिहार्य छ र यो धार्मिक माध्यमबाट मात्र सम्भावना भएकोले पनि हामी जिवजन्तुलाई त सम्मान गर्न सक्दछौं भने आफू मानव मानबवीचमा किन टकराव लिइ रीस, राग, द्वेष, तेरो, मेरो, तं, म भनी मेरो यति उती धन भन्दै अंहकारको भावनाले फेरीपनि किन बिचलित हुन्छौ ? तसर्थ यस्ता अंहकारी भावनालाई त्यागौं, भव्य काम गरी सभ्य समाजको निर्माण गरौं । यंहाहरु सबैलाई नागपंचमीको शुभकामना ।

Sharing

प्रतिक्रिया दिनुहोस