विश्व कोरोनाको कहरले थलिएको बेला नेपालमा पनि संक्रमितको संख्या झन बढ्दो छ । यहि समयमा छिमेकी मुलुक भारतसँगको सीमा विवादले दुई देस बिचको सम्बन्ध केही दिन यता चिसिएको छ ।
भारतीय मिडियाहरु यस विषयलाई लिएर आक्रोश ब्यक्त गरिरहेका छन भने, केही भारतीय पत्रकार, बुद्दिजीविहरु, वरिस्ठ कुट्नीतिज्ञ शुरेस गोयल, प्रा एस डि मुनि, पररास्ट्रबिद मनोज जोशी , वरिस्ठ पत्रकार वेद प्रताप वैदिक आदिले यो समस्याको समाधान गर्न भारत तु वार्तामा बस्नुपर्छ र समाधान खोज्नुको बिकल्प नभएको कुरा ब्यक्त गरेतापनि यो भारतीयहरुको देखाउने दांत एउटा चपाउने दांत अर्को भएको कुरा बिगतको इतिहासले देखाएकोले सायद भारत चुप लागेर बसेको छैन । उसले पहिलाका नेपाल मामलाका जानकार तथा राजदुत भइसकेका श्यामशरणजस्ता ब्यक्तिलाइ नेपाल पठाएर ललिपपमा फंसाउन पनि बेर लगाउदैन । किनकी बिगतको नेपालको राजनीतिक इतिहासले पनि त्यहि अभ्यास देखाएको छ । उता यस्तो राष्ट्रिय मुद्दामा मधेसबादी पार्टीहरु गुमराहमा छन । सायद एक पक्षको राष्ट्रिय माहोल बनिरहेको बेला अर्को पक्ष अहिले सीमा बिबाद सल्टाउन नहुने भन्दै लैनचौर धाइराखेका पनि हुनसक्छन ।
उता सरकारलाइ कठीन मोडमा लैजानको लागि एक पक्षले एमसिसिको चारो फालिसकेका छन । एमसिसि पास गरौ चीन रिसाउने, पास नगरौ अमेरीका रिसाउने, सीमा विवाद सल्टाउन खोज्दा भारत रिसाउने, कुनै नेताहरु बाहिर देखावटी राष्ट्रवादको ढ्वाङ फुक्ने भित्र भित्र कोखा रेट्ने, कोरोनाको कहर यहि बेला, भारतले यहि समयमा नेपालीहरु फिर्ता अभियान चलाएर बाहिरबाट आउनेको चाप बढेर सीमामा नियन्त्रण गर्न हम्मे हम्मे परेको अबस्था छ । त्यसैले यो समस्या समाधानको लागि सबै एकजुट भइ बिगतको जस्तो कसैको प्रलोभनमा नफसि आक्रामक हुनुभन्दा पनि उच्च तहबाट कुटनीतिक तवरले प्रमाण जुटाएर बढो होशियरीकासाथ भारतसँग बार्ताको टेवलमा बस्नु उचित होला कि । अन्यथा भारतीय पक्षका दुतहरु बिगतका घटनाक्रम जस्तो नेपाल आइ नेताहरुलाइ अनेक लोभ लालचको प्लेटमा जेरी र स्वारी खुवाइदिए भने ूरात रह्यो अभराख पलायोू घटनाले कुन मोड लिन्छ भन्न सकिन्न । किनकी बिगतको राजनीतिक घटनाक्रमले पनि यहि देखाउछ तर अहिलेका प्रधानमन्त्रीले बुझ्नुपर्ने कुरा के छ भने २७ सालको भारतीय चेक पोस्ट हटाउने घटनाले राष्ट्रियताको मामलामा कृतिनिधी बिस्टलाइ हिरो बनायो, ४५ सालको नाकाबन्दीले मरिचमान हिरो, ६२र६३ को आन्दोलनमा गिरीजा र प्रचन्ड हिरो, ७२ सालको भुकम्पको समयमा भारतले गरेको नाकाबन्दीलाई प्रतिबाद गर्ने क्रममा अहिलेका प्रधानमन्त्री हिरो भएर नै राष्ट्रियताको पक्षमा उभिएको कारणले नेकपाको दुई तिहाइको सरकार बन्ने अबसर मिल्यो ।
त्यस्तै अहिले पनि नेपाली जनत्ता एक भएको अबस्था हो यो र बिगत केही दिनदेखि तपाईं पि एम ज्युलाइ जनताको साथको कारणले गर्दा नेपालको सीमा निर्धारण गर्ने मामलामा जुन अडान लिन सजिलो भएको छ त्यसलाइ कुटनितिक बार्ताको माध्यमबाट हाम्रो जमिन फिर्ता लिने कोशिस गर्नुहोस, ता कि भारतीयहरुले चाल्न सक्ने गोटी र छर्किन सक्ने चारोको बिषयमा बढो गम्भिरताकासाथ सोची, बुझी अगाडि बढ्नुहुनेछ भन्ने कुरामा आम जनताको बिस्वास र भरोसा छ । अन्यथा कोरोनाको बिरुद्दमा यसको नियन्त्रण, जनतालाइ दिने स्वास्थ्य सेवा, राहत बितरण, सीमा बिबादको समस्या समाधान, जनतामुखी बजेट, भ्रस्टाचार गर्ने जो कोहिलाइ पनि कारबाही र यसको नियन्त्रण, सुन कान्ड, वाइडबडी, बालुवाटार जग्गा कान्डसमेतलाइ सम्बोधन गर्नुहुनेछ र , सुन्नमा आएजस्तो एकल महिला र अपाङलाइ दिइँदै आएको भत्ता नकाटी यसको निरन्तरता आदि कामहरु सल्टाउन सकियो भने नेपालको इतिहासमा अहिलेको नेतृत्वको नाम सुनौलो अक्षरले लेखिने छ र यस्तो अबसर पाउँदा पाउदै पनि केही गर्न सकिएन भने भविश्यका दिनमा पश्चाताप र यसको घेराबन्दीमा पर्नुबाहेक अरु के नै हुन सक्ला र ?