• २०८३ बैशाख २८ गते सोमवार

उदयपुरको भुल्केमा डब्लूएचओको टोली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, उदयपुर । त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा २८ जना सङ्क्रमित पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली उदयपुर आएको छ ।

कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वामा डब्लूएचओेको टोली उदयपुर आएको हो । स्वास्थ्य सेवा विभाग टेकुका इडीसीडीका लिलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा. सुजन रानाको टोली बिहीबार त्रियुगा नगरपालिका ३, भुल्केमा आएको हो ।

उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्च स्तरिय संयन्त्रलाई सुझाव पेश गर्नेछ । कोरोना कहाँ र कसरी भित्रियो, सङ्क्रमण कुन तहमा जादैछ, कोरोना कसरी फैलँदै छ भन्ने विषयमा स्वाब संकलन गरिएको रिपोर्ट र टोलीले गरेको स्थलगत अनुसन्धानको आधारमा मात्र निष्कर्ष निकालिने टोलीका सदस्य रिमालले जानकारी दिएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस