माघ ११, दैलेख । लघु उद्यम बिकास कार्यक्रमको नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ। नगरपालिकाको हलमा सम्पन्न भएको अभिमुखिकरण पछि दुल्लु नगरपालिका स्तरिय उद्यम बिकास समिती गठन भएको हो ।

नगरप्रमुख को सयोजकत्वमा प्रमुख प्रसाशकिय अधिकृत ज्ञानमणी नेपाल सदस्य , तक्माने कामी, मिना गुरुङ सदस्य लघुउद्यमी समुहको प्रतिनिधि सदस्य र टिकाराम बराल सदस्य सचिब रहेको समितिको पुनर्गठन गरिएको छ। दुल्लु नगरपालिकाले ढाका बुनाइ दुल्लु ३ मा १० जना, हातेहोजियारी दुल्लु ८मा १० जना, दुनाटपरी दुल्लु ११मा १० जना गमला माटोका भाडा १० जना, इन्टरलग इट्टा को तालिम ५ जना, बुटिक डिजायनर ५ जना उधमी बनाउने निर्णय गरिएको दुल्लु नगरपालिका का नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन।
