माघ ११, काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको बताइएको छ । सभामुखमा उम्मेदवार नउठाएको काँग्रेसले उपसभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ ।