पुष ९, काठमाडौँ । सभापति शेरबहादुर देउवासँग आन्दोलनमा जाने विषयमा चर्काचर्की भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेको छ ।पार्टीले पदाधिकारी बैठकबाट संसद् विघटनको कदमलाई असंवैधानिक पनि भन्ने आन्दोलनमा पनि नजाने कुराले प्रमुख प्रतिपक्षको साख नरहने भन्दै पौडेल पक्षले भेला आयोजना गरेको हो ।
केन्द्रीय समिति बैठकमा जानुअघि पौडेल पक्षले केन्द्रीय समितिमा प्रस्तुत हुने रणनीति र कार्यक्रमका विषयमा समेत प्रस्ताव लैजाने तयारी थालेको हो । बुधबारको बैठकमा सभापति देउवाले यही पुस १६ गते आन्दोलनको समय तोकेपछि पौडेलले विमति जनाएका थिए ।
‘आन्दोलन भोलिदेखि नै थाल्नुपर्ने’ र १६ गने राष्ट्रिय मेलमिलाप दिवस भएकाले त्यसदिन आन्दोलन गर्न नहुने भन्दै पौडेलले प्रतिवाद गरेपछि सभापति देउवा र पौडेलबीच केहीबेर चर्काचर्की भएको थियो