• २०८३ असार १ गते सोमवार

प्रचण्ड–माधव समूह शुक्रबार विहान १० बजे सर्वोच्च र १२ बजे निर्वाचन आयोग जाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ । बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

प्रचण्ड माधव समूह एक नेताका अनुसार नयाँ सरकार बनाउन सकिन्छ, संसद ज्युँदै छ भन्ने देखाउन परेन सर्वोच्च र निर्वाचन आयोग जाने निर्णय भएको हो । प्रचण्ड माधव समूहले बिहीबार महासचिव पद भने टुंगो लगाउन सकेन । सुरेन्द्र पाण्डे र भीम रावल र जनार्दन शर्मा मध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएको नेताहरूले बताए ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस