• २०८३ बैशाख १० गते बिहिवार

बालुवाटारमा केपी ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केपी ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केहि समयअघि बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले १ हजार १ सय ९९ जना हुने गरी महाधिवेशन महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । आजै प्रचण्ड–नेपाल पक्षको पनि केन्द्रीय कमिटी बैठक बस्दै छ । आजको केन्द्रीय कमिटी बैठकले महासचिव पदको टुंगो लगाउने भएको छ । उक्त समूहमा सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मा महासचिवका आकांक्षी देखिएका छन् ।

नेकपा औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले केन्द्रीय पदाधिकारी चयन र संगठन विस्तारलाई तीव्रता दिएका छन् । सरकारले संसद् विघटन गरेपछि नेकपा पनि विभाजन हुन लागेको छ । दुवै पक्षका केन्द्रीय कमिटीको बैठक र निर्णयपछि नेकपा औपचारिक रुपमा विभाजन हुने देखिएको छ

Sharing

प्रतिक्रिया दिनुहोस