• २०८३ असोज २७ गते मङ्गलवार

प्रचण्ड भन्दा त पूर्वएमालेको टोल अध्यक्ष नै बढि सचेत: नेतृ जिएम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कमिटी राेल्पाकी सदस्य इश्वरी जिएमले पार्टीको नीति, विधि र प्रद्वतिको मुद्दा उठाउने प्रचण्ड भन्दा पूर्वएमालेकाे टाेल अध्यक्ष नै बढि सचेत भएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत युवा नेतृ जिएमले पार्टी एकताको मर्म विपरीत प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अभियोग पत्र पार्टी कार्यालयको लेटर प्याडमा छपाइ गरि कार्यक्रता माझ पुर्याएको बिषय प्रति नेकपाकै नेताहरुमाथि प्रश्न खडा गरेकी छन्।

नेतृ जिएम् लेख्छिन्- पार्टीको नीति, बिधि र पद्धतिकाे मुद्दा उठाउने प्रचण्ड कमरेडलाई पार्टीको लेटरप्याड / छाप कुन अबस्थामा, कस्ले प्रयाेग गर्न मिल्छ ? तल्लो तहकाे कार्यकर्ता स्तरसम्म पठाईने सर्कुलर (अ.पा.नि.) बैठकमा पास भएकाे हुनुपर्छ कि हुदैन ? भन्ने बिधिकाे सामान्य ख्याल र ज्ञान पनि भएनछ क्या हाे। अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनकाे नीति, विधि, प्रद्वति सिकाउन पुर्ब एमालेकाे टाेल कमिटीकाे अध्यक्ष चलाएकाे व्यक्ति लाई सल्लाहकार खटाईदिनुपर्ने अाबश्यकता देखियाे।

Sharing

प्रतिक्रिया दिनुहोस