• २०८३ कार्तिक १ गते शनिवार

धरानमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, धरान । धरानमा दिपेन्द्र बस्तीको एक घरमा आगलागी भएको छ । मिलन चोकदेखि केही पुर्व रहेको बस्तीमा रुद्रप्रसाद काफ्लेको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार स्थानीय, दमकलको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । आगलागी भएको घर काठको रहेको थियो । विजुली सर्ट भएर आगलागी भएको र स्थनीयले तत्काल थाह पाएर निभाउन पहल गरेकोले चाडै नियन्त्रणमा आएको डिएसपी बस्नेतले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस