• २०८२ चैत्र २७ गते शुक्रवार

एआजी पालद्धारा सिमा जाजरकोटको नवनिर्मित भवनको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, जाजरकोट । जाजरकोट शिवालय गांउपालिका ३ स्थित रहेको ईलाका प्रहरी कार्यालय सिमा जाजरकोटको नव निर्मित भवनको नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालद्धारा उदेघाटन भएको छ । सिमा प्रहरी कार्यालयको उद्घाटन गर्न पाल जाजरकोट पुग्नुभएको हो ।

कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षकपाल सहित शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र बहादुर शाही, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार पन्त, युएनओपिएस प्रतिनिधी अतिथि पुर्व प्रहरी बरिष्ट उपरीक्षक इन्द्र न्यौपाने, जिल्ला प्रशासन कार्यालय जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी राम चन्द्र रेग्मी शिबालय गाउपालिका जाजरकोटका निमित्त प्रशासकिय अधिकृत अनिल कुमार पाण्डे, जाजरकोछ प्रहरी प्रमुख प्र.ना.उ. किशोर कुमार श्रेष्ठ , स.प्र.बल नेपाल आश्रीत गुल्म जाजरकोटका स.प्र.ना.उ. अच्युत कुमार मजगैया ,राष्ट्रिय अनुसन्धान विभाग जाजरकोटका प्रमुख ओम बहादुर खड्का लगायत जिल्ला स्थितका राजनैतिकदलका प्रतिनिधीहरु, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस