कार्तिक ०८ मुगु । मुगुमा पहिलो पटक फोरजि सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकम दुरसञ्चार कार्यालय मुगुले करिब ६ महिना पछि पहिलो पटक फोरजि सेवा सञ्चालनमा ल्याएको हो ।

नेपालीहरुको महान पर्व वडा दशै अर्थात आज फुलपातिको दिन अवसर पारेर टेलिकमले परिक्षणको लागि सुचारुमा ल्याएको नेपाल टेलिकम दुरसञ्चार कार्यालय मुगुले जनाएको छ । टेलिकमका अनुसार दुर सञ्चार प्राधिकरणले देशका सबै जिल्लाहरुमा फोरजि सेवा सञ्चालन गर्ने उद्देश्यले अन्य जिल्लामा विस्तार भई हिमाली जिल्ला मुगुमा सबै जिल्ला भन्दा अन्तमा फोरजि सेवा सुचारु गरेको नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डिसिले बताए ।

उनले भने सदरमुकाम गमगढी बजारमा गत फागुन महिनामा फोरजि सेवा विस्तार गर्नु पर्ने हो , तर नेपाल सरकारले चैत ११ गते बाट लकडाउन अर्थात बन्दाबन्दि गरे पछि सो कार्य विस्तार हुन नसकेको र त्यसै क्रममा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा तालमा फोरजि सेवा विस्तार भएको डिसिले जानकारी दिए । शुक्रवार बाट सुचारु भएको फोरजि सेवामा हाल सम्म १ सय जनाको मोवाईलमा सेवा एक्टिभ भएको बताए । कर्णालीको हिमाली जिल्ला भएको र भौगोलिक विकटताका कारण पुग्नु पर्ने ठाउमा नपुगेको बताए ।

जिल्लाको सोरु स्थीत भिई र सोरुकोटमा रहेका २ वटै टावरहरु पुर्णरुपमा अबरुद्ध हुँदा सोरु गाउँपालिकाका सबै नागरीकहरु टेलीफोन सेवाबाट बन्चीत भएको सोरु गाउँपालिकाका बिनोद शाहीले जानकारी गराए । सोरु गाउपालिका लगायत अन्य स्थानीय तहहरुमा फोरजि सेवा विस्तार हुन सकेको छैन भने अब यसको केही दिनमा गाउपालिकाका कच्चेगाड र कोटडाडामा फोरजि सेवा सञ्चालनमा ल्याउने कार्यालय प्रमुख डिसिको भनाई रहेको छ ।