• २०८३ मङ्सिर १० गते बुधवार

कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ८, कपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिवार विहान कमलको फूल टिप्न गएका दुई युवा माहाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा माहाराजगञ्ज नगरपालिका वडा ५ निवासी ३२ वर्षीय अशोक कुमार पाठक र सोहि वडा निवासी २६ बर्षीय करम हन्स पाठक रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बिहानै पुजाको लागि फुल टिप्न गएका उनीहरु पोखरी डुबेको थाहा पाएपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा एक जनाको शव स्थानियले पोखरीबाट बाहिर निकालिसकेको र एक जनाको प्रहरीले निकालेको हो ।

दुई जनाको शवलाई पोष्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस