• २०८३ मङ्सिर ३ गते बुधवार

एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौँ । ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीया ठूली आमा फुटी भोटे, ठूलो बुवाको छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई बुधबार मध्यराति हतियार प्रहार गरेका थिए।

बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए । धारिलो हतियार बाम्फोक (खुर्पा जस्तो हतियार) को प्रहारबाट उनीहरू गम्भीर घाइते छन् । उनीहरूको टाउको र गर्धनमा चोट लागेको र तीनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस