असोज ८ , मुगु । मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका वडा नं २ चैना गाउमा घर घरमा पानी धारा पुगेका छन् । पुस्तौ देखि गाँउबाट १५ मिनेट टाढा रहेको ढुङ्गेधाराको पानी खादै आएका छाँयानाथ रारानगरपालिका—२ चैन गाँउका स्थानियहरुले अहिले सुरक्षित खानेपानीका धारा घर घरमा पाएका हुन ।

छाँयानाथ रारा नगरपालिका—२ चैन गाँउमा ४५ घरधुरी छन । पुस्तौ देखि सबै ४५ घरधुरीहरु गाँउ देखि १५ मिनेट टाढा रहेको चैना खोलामा रहेको ढुङ्गेधाराको खानेपानी प्रयोग गर्दै आएका थिए । गाँउमै खाने पानी अभाव भएपछी छाँयानाथ रारा नगरपालिका र युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र (हिसिडेक) मुगुले धारा निमार्ण गरेपछी ४५ घरधुरी चैन बासिले घर घरमा धारा पाएका हुन ।
छाँयानाथ रारा नगरपालिकाले ११ लाख ५० हजारमा सोही नगरपालिका—५ मुन्दुमा रहेको ईन्टेकबाट आरसिसी टयाङ्की सम्मको पाईपलाईन निर्मार्ण गरेको थियो । युनिसेफको आर्थिक सहयोगमा हिरिसडेक मुगुले १२ हजार क्षमता भएको आरसिसी टयाङ्की सहित ४५ घरधुरी र दुई सार्बजीनक एक संस्थागत गरी ४८ खानेपानीको धारा निर्माण सम्पन्न गरी बिहिबार समुदायलाई हस्तान्तरण गरि स्थानियले आ आफना खानेपानीका धारा उपभोग गर्न सुरु गरेको चैन गाँउमा एक घर एक धारा निमार्ण उपभोक्ता समितिका अध्यक्ष मानप्रसाद चौलागाईले बताए ।
चैन खोलामा रहेको ढुङ्गेधारामा चैनबासि प्रहरी चौकि र त्यो गाँउमा रहेको बिद्यालयका शिक्षक बिद्यार्थीहरु सदरमुकामबासी सहित बजार आवत जावत गर्नेहरु खानेपानी उपभोग गर्दै आएका थिए । खानेपानी लिन गाँउ देखि १५ मिनेट टाढा छ । पानी थाप्न पालो कुरेर बस्नु पर्ने बाध्य थियो । अहिले घर घरमै धारा निमार्ण गरिदिएपछी १५ मिनेट टाढा पानी दिन जाने समयमा घरको अन्य काम गर्न सहज भएको छ । घर घरमा धारा निमार्ण भएपछी सबै भन्दा महिलाहरुलाई सहज भएको छाँयानाथ रारा नगरपालिका—२ कि बिजया हमालले जानकारी दिए ।
पुस्तौ देखि उपभोग गर्दै आएको चैन खोलामा रहेको ढुङ्गेधाराको खानेपानी परिक्षण गर्दा दिसामा देखिने ईकोली नामक चार वटा जिबाणु भेटिएको थियो । अहिले तिन किलो मिटर टाढाबाट ल्याएको मुहानको खानेपानीकै परिक्षण गर्दा कुनै प्रकारको फोहोर पानीमा देखिएको छैन । यो भन्दा अगाढी चैन बासिले प्रयोग गर्दै आएको खानेपानीको धारा दुरीको हिसावलेपनी टाढा रहेको र उक्त पानीमा दिसामा हुने जिबाणु सहित देखा परेकाले चैन बासिलाई सुरक्षित खानेपानी उपलब्ध गराईएको हो ।
प्रत्येक घरलाई खानेपानीको धारा निमार्ण गरेपछी अब सुरक्षित खानेपानी उपभोग गर्न पाउने भएका छन । प्रत्येक घरलाई सुरक्षित खानेपानीका धारा निमार्ण भएपछी चैन गाँउलाई जिल्लामै पहिलोपटक सुरक्षित खानेपानी युक्त समुदाय निमार्ण घोषण गर्ने तयारी समेत भईरहेको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मिनबहादुर रावलको भनाई रहेको छ ।