असोज ८, काठमाडौँ । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड-१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश गरेको छ ।

कम्पनीका अध्यक्ष एलेक्स गोर्स्कीका अनुसार खोप व्यापारमुखि नहुने र कम्पनीको वैज्ञानिक नवीनतालाई बढाएर यस महामारीको अन्त्य गर्न मद्दत गर्ने बताएका छन् । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक भएपछि तेस्रो चरणमा प्रवेश गरेको जोन्सन एन्ड जोन्सनको तेस्रो चरणमा ६० हजार मानिसमा यसको प्रयोग गरिनेछ । तेस्रो चरणमा सफलता मिल्यो भने सन् २०२१ को सुरुमा नै यसलाई प्रयोगमा ल्याउन सकिने छ ।