• २०८३ बैशाख २९ गते मङ्गलवार

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ हजार ५ सय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, एजेन्सी । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना संक्रमितको संख्या ३ करोड ८३ हजार ५ सय ९५ पुगेको छ ।

कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या भने ९ लाख ८१ हजार २ सय ४४ पुगेको छ । मृ’त्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निको हुने दर पनि बढिरहेको छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये २ करोड ३६ लाख ६७ हजार ४ सय २५ जना भने उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख १३ हजार ५ सय २४ नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २ सय ८९ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार उपचारपछि घर फर्किएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस