• २०८३ बैशाख २३ गते बुधवार

चितवनमा चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८ , चितवन। सामाजिक सञ्‍जाल इमोमा २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन । चितवन प्रहरीका अनुसार विराटनगर महानगरपालिका ११ का साहिल हुसेन र वडा ९ का कामेश्‍वर स्वर्णकारलाई पक्राउ गरी विराटनगर प्रहरीको समन्वयमा बुधबार चितवन ल्याइएको हो ।

उनीहरुले सामाजिक सञ्‍जाल इमो प्रयोग गरी विभिन्‍न मानिसलाई २५ लाखको चिठ्ठा परेको र प्रहरी तथा अन्य मानिसलाई जानकारी दिए तपाईंको पैसा सबै बदर हुन्छ भन्दै ठगी गर्दै आएका थिए ।असोज ४ गते कालिका नगरपालिका ४, चितवन की एक महिलालाई पटक(पटक फोन गरी चिट्ठा परेको र करकट्टीका लागि केही पैसा जम्मा गरिदिन दबाब दिँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुले ती महिलालाई दुई लाख ८० हजार रुपैयाँ ठगी गरेकाले पीडित महिला प्रहरीसमक्ष पुगेपछि प्रहरीले उनीहरुको खोजी कार्य गरेको थियो । हाल उनीहरुलाई चितवन अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस