• २०८३ भाद्र २१ गते आइतवार

सुदूरपश्चिम प्रदेशमा थपिए ५७ जना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा १ हजार १०६ जनामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमा हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आम्री क्याम्पका १ जना छन् ।


त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका का ७, घोडाघोडी नगरपालिकाका ३१, टीकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस