• २०८३ बैशाख १३ गते आइतवार

डा.रामशरण महतका सवारीचालकमा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ८ , काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतका सवारीचालकमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित जोखिममा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा चालकमा कोरना संक्रमण पुष्टि भएको जनाईएको छ ।

चालकमा कोरोना देखिएसँगै पार्टी प्रवेश कार्यक्रम लगायत विभिन्न कार्यक्रममा सहभागी रामशरण महत स्वयम जोखिममा परेका हुन् । उनको स्वाब संकलन गरेर पिसीआर जाँचका लागी पठाईएको छ ।

महतको चालकमा कोरोना देखिएसँगै उनको निजी निवसमा दैनीक आवतजावत गरिरहने कार्यकर्ता र परिवारका अन्य सदस्य पनि जोखिममा रहेको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस