• २०८३ जेष्ठ २८ गते बिहिवार

अबैध रुपमा हुण्डीको कारोवार गर्ने ब्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९,काठमाडौं । उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा हुण्डीको कारोवार गर्ने ब्यक्ति पक्राउ परेका छन ।

काठमाण्डौ विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेका स्याङ्जा, कालिगण्डकी गा.पा. वडा नं. ५ ताँप वस्ने बर्ष ४० का ढुण्डिराज न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा उनले बोकेको कालो रंगको झोला भित्र गैर कानुनी रुपमा हुण्डिको कारोवार गर्न लगिरहेको नगद रू. १९ लाख ९१ हजार र भाइवर मार्फत हुण्डिको कारोवार गरिएको बिवरण सहित प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस