• २०८३ भाद्र १२ गते शुक्रवार

शुद्धोधन गाउँपालिकाको ५५ करोड ३१ लाख ६६ हजार बजेट

अर्जुन खत्री पढ्न लाग्ने समय : २ मिनेट

असार १०, रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को ५५ करोड ३१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभामा उक्त बजेट प्रस्तुत गर्नुभएको थियो।

कुल बजेटमध्ये आन्तरिक आय तर्फबाट ५ करोड ९७ लाख ९ हजार ४सय २० ,संघीय सरकारको राजस्व बाड्फाडबाट प्राप्त आय ८ करोड ५९ लाख २१ हजार ५ सय ८०,संघीय सरकारबाट प्राप्त हुने अनुदान ३० करोड ९६ लाख ५० हजार , प्रदेश ५ बाट अनुदान २ करोड ११ लाख ५ हजार प्राप्त हुने अनुमान पालिकाले गरेको छ।

बजेटमा चालू तर्फ रु,११ करोड ५६ लाख ९१हजार र पुजीगत तर्फ २२ करोड ५५ लाख ९७ हजार, सामाजिक सुरक्षा तर्फ ७ करोड ५० लाख र चालू ससर्त तर्फ १३ करोड ६८लाख ७८ हजार रहेको छ। विपद व्यवस्थापन र कोरोना नियन्त्रणको लागि ५० लाखको कोषको स्थापना गर्न बजेट व्यवस्थापन गरिएको छ। सामाजिक सुरक्षाभत्ता बापत ७ करोड ५० लाख,सडक बोर्ड बाट १०लाख ,स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम बाट ४लाख ५० हजार बजेट छुट्याइएको छ।

गाउँसभामा वडा न ५ का अध्यक्ष पुण्यराम गौतम,वडा न ४ का अध्यक्ष राजेन्द्र कडेल,वडा ३ का अध्यक्ष हेम ब ।खड्का, वडा न १ का अध्यक्ष उदयराज गडेरिया ,वडा सदस्य कमल खड्काले आ(आफ्नो समितीको तर्फबाट प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वडा सदस्यहरु मणि खनाल,उमाकान्त चापागाईं,चन्द्रमान चौधरी,हेमन्त थापाले बजेटमाथी जिज्ञासा राख्नुभएको थियो। सभामा उठेका जिज्ञासाहरु गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरी, प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणी मरासिनीले जिज्ञासाहरु जवाफ दिनुभयो।

Sharing

प्रतिक्रिया दिनुहोस