• २०८३ बैशाख ८ गते मङ्गलवार

सरावल गाउपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

उमेश बि,क पढ्न लाग्ने समय : २ मिनेट

असार १०, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७७र२०७८ का लागि नीति तथा कार्यक्रम सार्बजनिक भएको छ ।सरावल गाउँपालिकाका अध्यक्ष तथा छैठौं गाउँसभाका सभाध्यक्ष राधेश्याम चौधरीको सभाध्यक्षतामा एक कार्यक्रम बिच गाउँपालिका उपाध्यक्ष उत्तमा रायले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

छैठौं गाउँसभामा प्रस्तुत नीति तथा बार्षिक कार्य योजनामा पुर्वाधार बिकास, कृर्षि ,शिक्षा तथा स्वास्थ्य ,महिला तथा बालबालिकालाई बिशेष प्राथमिकता दिएइएको छ।

कोभिड१९ को प्रभाव र असरका कारण आ.व.०७६/७७ मा आसा गरिएका विकासका लक्ष्यरु हासिल नसकिएको र बर्तमान समयमा सृजना भएको बिषम परिस्थितीको सामना गर्दै गाँउपालिकामा उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरेर कोभिड १९ को असरको कारणले स्वदेश फर्किएका सम्पूर्ण गाउँपालिकावासीको स्वास्थ्यलाई उच्च प्राथमिकता र स्वास्थ् सुरक्षा गर्ने मुख्य दायित्वको महसुस गरी युवाहरुलाई स्वरोजगार र उधमी बनाउने उद्धेश्यका साथ कृषि क्षेत्रमा बिशेष अनुदान सहितको बार्षिक कार्ययोजना तयार गरिएको सो कार्ययोजनालाई पुरा गर्न नीति समेत तयार गरिएको छ ।

संघिय सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली,प्रदेश सरकारको समृद्ध प्रदेश सुखी जनता र सरावल गाउँपालिकाको समृद्ध गाउँपालिका,खुशी जनता हाम्रो प्रतिवद्धता भन्ने मुल नारालाई सार्थक तुल्याई दीर्घकालिन सोंचलाई पुरा गर्न आवस्यक रणनीति अवलम्वन गरिदै कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागी पहल कार्यलाई प्राथमिकता दिइएको छ।

यसैगरी संघिय सरकार, प्रदेश सरकार र गा.पा.को साझेदारीमा विशेष कृ्षि प्याकेज कार्यक्रम सञ्चालन गरिने र भौतिक पूर्वाधार निर्माणको गतिलाई थप तिव्रता दिइएने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गएिको छ यस्तै कोभिड १९ को रोकथाम र उपचार सेवालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न रोग प्रतिरोध क्षमताको विकासमा जोड दिदै पशुपालन ब्यबसायलाई प्रोत्साहन गर्न अनुदानको ब्यबस्था गरि उत्पादनमा आधारित अनुदानलाई प्राथमिकताका साथ लागु गरिने भएको छ ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाई विपन्न, दलित जनजातिको आयश्रोत वृद्धि गर्ने गरी उद्यमशिलताको विकास सञ्चालन गर्ने र कृषि, वन कार्यक्रमलाई सामूहिक रुपमा सञ्चालन गर्न प्रोत्साहन गरिने भएको छ।

गाउँपालिकाले बनाएको आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रम छैठौं गाउँ सभाले पास गरेको छ भने सभामा उपस्थित वडा अध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक निति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको बताए ।

आजको सभामा उपाध्यक्ष उत्तमा रायले आर्थिक बर्ष २०७७/०७८ को लागि आय र व्ययको अनुमान बजेट प्रस्तुत गर्नुभएको हो। सरावल गाउँपालिकाको आगामी आर्थिक बर्षको लागि असार १६ गते बजेट पारित हुने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस