असार १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १०७२८ पुगेको छ ।
मन्तालयको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यो संगै बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।