• २०८३ बैशाख ४ गते शुक्रवार

थबाङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या ९१ पुग्यो

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १२,रोल्पा । थबाङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या ९१ पुगेको छ । जिल्ला बाहिरबाट आएकाहरुलाई थबाङ गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ ।

थबाङ गाउँपालिका वडा नं १ र २ वडामा बाहिरबाट आउने व्यक्तिहरुलाई श्री वीर बलभद्र नमुना माध्यामिक विध्यालय थबाङमा तिन जना महिला र नौं जना पुरुष गरी १२ जनालाई क्वारेन्टाइनमा राखिएको थबाङ गाउँपालिका स्वास्थ्य संयोजक तुल बहादुर पुनले बताउनु भयो ।
३ नं वडामा बाहिरबाट आउने व्यक्तिहरुलाई श्री हिमालय फुलवारी माध्यामिक विध्यालय मिरुलको क्वारेन्टाइनमा राखिएको थबाङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर रोकाले बताउनुभयो । हामीले निर्माण गरेको क्वारेन्टाइनमा १३ जना महिला र १२ जना पुरुष गरि २५ जना हुनुहुन्छ उहाँहरु प्राय काठमाडौंबाट आउनु भएको छ ।

म्याग्दी लगायतका जिल्लाबाट पनि हाम्रो वडामा स्थायी वसोवास गर्ने नागरिकहरु आउदैहुनुहुन्छ उहाहरु हाम्रो फोन सम्र्पकमा आइसक्नुभएको छ ,त्यो समुह आउनु वित्तिकै उहाँहरुलाइ पनि क्वारेन्टाइनमा राख्नको लागी हामीले व्यवस्था मिलाइसकेको छौ यस वडामा बाहिरबाट आउनेहरुको सङ्ख्या अझै बढ्न सक्ने वडा अध्यक्ष रोकाले बताउनु भयो ।

श्री नेपाल राष्ट्रिय आधारभुत विध्यालय घोराबाङ, हिमालय प्राथामिक विध्यालय दाङसगा र महेन्द्र प्राथामिक विध्यालय थर्पुमा क्वारेन्टाइन ५ जना महिला र १० जना पुरुष सहित १५ जनालाई थबाङ गाउँपालिका वडा नं ४ घोराबाङले क्वारेन्टाइनमा राखेको छ भने वडा नं ५ उवाले जनसेवक प्राथामिक विध्यालय र भानुभक्त माध्यामिक विध्यालय रेखुनेटामा १४ जना महिला र २५ जना पुरुष सहित ३९ जना क्वारेन्टाइनमा राखिएको थबाङ गाउँपालिका स्वास्थ्य संयोजक पुनले बताउनु भयो ।

थबाङ गाउँपालिकामा सवै क्वारेन्टाइनमा बस्नेहरुको संख्या आज सम्म महिला ३५ जना र ५६ जना पुरुष गरि जम्मा ९१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्नो समय विभिन्न ठाँउहरुबाट अन्य व्यक्तिहरु आउने क्रम जारी रहेकोले क्वारेन्टाइनमा बस्नेको संख्या अझै बढ्न सक्ने समेत स्वास्थ्य संयोजक पुनले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस