बैशाख १२, जनकपुर । नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिहले प्रदेश २ को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्नु भएको छ । डिआइजी सिहले प्रदेश २ को सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै यहाको शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने जानकारी दिनुभयो ।

तराई क्षेत्रमा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको उहाँले बताउनु भयो । उहाँले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले कार्य क्षमताको मुल्याङ्कन गरेर जिम्मेवारि दिएकोमा धन्यबाद समेत दिनु भएको छ ।
उहाले बिरगञ्ज बस्दा पनि त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरी प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । प्रदेश २ आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा सिहलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारी दिइएको प्रहरी स्रोतले बताएका छन ।