• २०८३ मङ्सिर ५ गते शुक्रवार

नेपाली काँग्रेस दैलेख द्धारा पालिकाहरुलाई खाद्यान्न हस्तान्तरण

भावना हमाल पढ्न लाग्ने समय : २ मिनेट
बैशाख १२, दैलेख । हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल सरकारले बन्दाबन्दि (लकडाउन ) गरेको छ । सोका कारण दैनिक ज्याला मजदुरीमा काम गर्ने र अतिविपन्न घर परिवारलाई खाध्यान्न संकट कम गर्नका लागि नेपाली काँग्रेस दैलेखले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
जिल्लाको ठाटीकाँध गाउँपालिका , भैरबी गाउँपालिका , दुल्लु नगरपालिका , आठबिस नगरपालिका , र चामुण्डा बिन्द्रासैनी नगरपालिकालाई महाधिबेसन प्रतिनिधि श्री दिक्पाल कुमार शाहि र नेपाली काँग्रेसका युवा नेता समाजसेवी श्री बासुदेब शर्माको आर्थीक सहयोगमा दैनिक उपयौग्य खाध्यान्न सामाग्री उपलब्ध गराएको हो ।
पब्लिक हिमाल यातायात प्रा.लि. का अध्यक्ष श्री खगेन्द्रप्रसाद शर्माको सामाग्री ढुवानी सहयोगमा पालिकाहरुलाई ८ लाख बराबरको खाध्यान्न सामाग्रीहरु नेपाल सरकारको एकद्धार प्रणाली अनुसार हस्तान्तरण गरीएको छ ।खाध्यान्न सामाग्रीहरु तेल, चामल, आयोडिन नुन र हात धुने साबुन , जिल्लाका पालिकाहरु मार्फत दैनिक ज्याला मजदुरीमा काम गर्ने र अतिविपन्न घर परिवारलाई बितरण हुनेगरी हस्तान्तरण गरीएको नेपाल प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस देलेखको समन्वयमा नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण कुमार विसिले उतm खाद्यान्न सामाग्री पालिकाहरुलाई हस्तान्तरण गर्नुभयो । अहिले कोरोना भाइरसका कारण नेपालमा संक्रमित मानिसको संख्या ४७ पुगेको छ भने विश्वभर २७ लाख मानिस संक्रमित भएका छन । र १ लाख ९० हजार जनाको मृत्यु भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस