माघ १०, काठमाडौं । पोल्याण्ड लैजाने भन्दै ठगी गर्ने १ जनालाई महानगरिय अपराध महाशाखाले आज पक्राउ गरेको छ । रोशी १२, काभ्रेपलान्चोकका वर्ष ३८ का गुणराज लामालाई आज पक्राउ गरिएको हो ।

लामाले कृष्ण खड्का समेत ९ जनालाई पोल्याण्ड लग्ने भन्दै ठगि गरि फरार रहेका थिए । उनिहरुलाई पोल्याण्ड लग्ने भन्दै अजरबैजान लगि अलपत्र पारिएको थियो । लामाले ६८ लाख दश हजार रुपैया ठगी गरेको महानगरिय अपराध महाशाखाका एस पी मुकेश कुमार सिहंले जानकारी दिनुभयो ।