• २०८३ बैशाख २५ गते शुक्रवार

पुनर्निर्माण प्राधिकरणका सव(इन्जिनियर घुस रकमसहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, भोजपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव इन्जिनियर (करार) प्रकाश तिवारी घुस रकमसहित पक्राउ परेका छन ।

भुकम्प पिडितको पूनर्निमित घरको निर्माण सम्पन्न रिर्पोट बनाई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

तिवारीलाई सेवाग्राहीसँग रु. ६,०००।– घुस बापतको रकम लिइसकेको अवस्थामा भोजपुर नगरपालिका वडा नं. ७ स्थित प्रधान होटलबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस