• २०८३ बैशाख १९ गते शनिवार

आजको मौसम : मौसम बदलीका कारण दिनभर घाम नलाग्ने

पढ्न लाग्ने समय : १ मिनेट

माघ १० काठमाडौँ। आज दिउँसो देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राती देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हाे । अहिले यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना पनि नदेखिएको बताएका छन् । आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने बताइएको छ । मौसम बदलीका कारण दिनभर घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर जाडो बढ्नेछ । काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ । मौसमविद्हरुका अनुसार पानी पर्ने सम्भावना भने छैन । तर दिनभर घाम पनि नलाग्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस