• २०८३ बैशाख १५ गते मङ्गलवार

सात सय ४३ सङ्क्रमित थपिए, कुल संक्रमित संख्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९५२ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४६ हजार ६६१ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ८०३ जनाको मृत्यु भएके छ ।

Sharing

प्रतिक्रिया दिनुहोस