• २०८३ साउन २६ गते मङ्गलवार

अर्काे पार्टीमा प्रवेश गरेको भन्दै पत्नी नै परित्याग !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ८, एजेन्सी। भारतीय जनता पार्टी बिजेपीका नेता तथा सांसद सौमित्र खानले आफ्नी श्रीमती सुजता मण्डल अर्को पार्टीमा प्रवेश गरेको भन्दै उनीसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सुजाता सोमबार तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेकी हुन्। सोही रिसमा बीजेपी सांसदले पत्नी सुजताले गरेको निर्णयप्रति आफ्नो असहमति रहेको भन्दै आजैका मितिदेखि उनलाई परित्याग गरेको घोषणा गरेका हुन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यहाँका हजारौं नागरिकले मलाई भोट दिएका छन्, पार्टीप्रति मेरो महत्वपूर्ण दायित्व छ। म बीजेपीका लागि लड्छु।’तृणमूल कांग्रेसलाई पराजित गर्न आफू सबै कुरा त्याग्न तयार रहेको उल्लेख गर्दै उनले अबदेखि आमाबुबाबाहेक आफ्ना कोही नभएको बताए ।

सांसद खानले सोमबार भने, ‘आज तिमीविरुद्ध म सम्बन्ध विच्छेदको निवेदन दिन्छु। आजदेखि तिमीलाई छाड्दै छु।’

Sharing

प्रतिक्रिया दिनुहोस