• २०८३ बैशाख २६ गते शनिवार

सुर्खेतमा कोरोना संक्रमित एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–७, निवासी ७५ वर्षीय पुरूषको मृत्यु भएको हो ।

उनको बुधबार विहान मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

अधिकृत कँडेलका अनुसार श्वासप्रश्वास सम्बन्धी बिरामी रहेका उनलाई सास फेर्न गाह्रो भएपछि पुस १ गते प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले बताए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २३ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस