• २०८३ बैशाख ७ गते सोमवार

आजको मौसम : सामान्यतया सफा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ८, काठमाडौँ । महाशाखाका अनुसार हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तराई तथा पहाडका केही भू–भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

त्यस्तै आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस