मंसिर ८, एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।
विज्ञप्तीमा भनिएअनुसार ९० वर्षको उमेरको उहाँ केहि समयदेखि विरामी भई लन्डनको एक अस्पतालमा उपचार गराइरहनुभएको थियो । बेगमको शव केही दिनमा उहाँको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।
पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत हुनुहुन्छ । उहाँलाई मिर्गौला र मुटुको रोग देखिएको छ । छोरा विरामी भएर उपचार गराइरहेकोलआफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन जानुभएको थियो । उहाँलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन जानुभएको थियो ।