मंसिर ८,एजेन्सी । इटालियन सिरी ए फुटबलअन्तर्गत इन्टर मिलानले पुनरागमन जित निकालेको छ । आइतबार भएको खेलमा इन्टरले टोरिनोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । त्यस्तै आलेक्स सान्चेज र लाउरेटो मार्टिनेजले समान एक–एक गोल गर्न सफल भए ।
उता टोरिनोका लागि सिमोने जाजा र क्रिसियन अन्सादीले एक–एक गोल गरे । जितसँगै इन्टरले लिगमा आठ खेलबाट १५ अंक जोड्दै आफूलाई शीर्ष पाँचमा उकासेको छ । पराजित टोरिनो ५ अंक सहित तालिकाको १८ औं स्थानमा छ ।