कार्तिक ७, दाङ । घोराहीमा करिब २१ घण्टा पछि बेपत्ता धन बहादुर बुढाथोकीको शव कृतिम तालमा भेटिएको छ। घोराही उपमहानगरपालिका १७ का ३८ वर्षका धन बहादुर बुढाथोकी हिजो आझ करिब ७ बजे बेलुका देखि बेपत्ता भएका थिए।

घर परिवारले खोजी गर्दा सोही ठाउँको आरोग्य कृतिम जलासय तालमा डुबेर बेपत्ता भएको संका पाए पछि प्रहरीलाई शुक्रवार १ बजे खबर गरेका थिए। प्रहरीले उक्त कृतिम जलासय तालमा खोजी गर्दा बुढाथोकीको शव दिउसो ४ बजे प्रहरी जवान प्रभु सुनारले भेटाएको जिल्ला प्रहरीले जनाएको छ। मृतकको श्रीमति दुई छोरी एक छोरा रहेको र मृतक बुढाथोकी एचआइभी पोजिटिभ भएको पनि प्रहरीले जनाएको छ। एजआइभी पोजेटिभ भएकै कारणले तालमा डुबेर आत्मा हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।
सिचाइको लागी निर्माण गरिएको उक्त कृतिम जलासय तालको गहिराई गहिरो भएको एक स्थानियले बताए। मृतकको शव पोस्टमार्टमको लागी राप्ति बिज्ञान प्रतिस्थान घोराहीमा लगिएको छ।