• २०८३ कार्तिक २३ गते आइतवार

नेकपाकाे शपथ ग्रहणमा झडप, एक कार्यकर्ताको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ७, पर्सा । पर्सामा सत्तारुढ नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विन्दबासिनी गाउँपालिका ५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासिया रहेका छन् ।

न्युरो अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहणमा एक पक्षलाई नबोलाएको भन्दै कार्यकर्ताहरुबीच झडप हुँदा ८ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भीर रहेका चौरासियाको शुक्रबार निधन भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ । घटनामा दोषी देखिएकालाई कारवाही हुने प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस